पाल्पाको भरेक्टुङमा १० गते भलिबल प्रतियोगिता

पाल्पा | असोज १, २०८१

पाल्पाको भरेक्टुङमा १० गते भलिबल प्रतियोगिता

पाल्पा:   बगनासकाली गाउँपालिका ५ भरेक्टुङमा गाउँस्तरीय भलिबल प्रतियोगिता हुने  भएको छ ।

 

लाङ्घाली युवा क्लबले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

 

सो प्रतियोगिता आगामी १० गतेदेखि सुरु हुने क्लबका अध्यक्ष इन्द्रजीत खाम्चामगरले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु २० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु १५ हजार, मेडल तथा प्रमाणपत्र र सान्त्वना स्थान हाँसिल गर्ने टिमले १० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

उनले स्थानीय स्तरका खेलाडीहरुबीचको भाइचारालाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । 

 

‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने र आपसी भाइचारालई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय खेलाडी भाइहरुले स्थान पाएका छैनन्, अध्यक्ष खाम्चामगरले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर हरेक वर्ष आयोजना गर्दै आएका छौं ।’

 

सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु २ हजार निर्धारण गरिएको छ भने, असोज ९ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८६७४६३८४४, ९८४८६०१०६४ र ९८४०९५६४५७) बताइएको छ ।

 

उक्त प्रतियोगिताका भरेक्टुङको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्